RUMPUM
animated ellipse animated ellipse

राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनु पर्छ : राष्ट्रपति पौडेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०८०, मंगलवार १८:४४
90
Shares
सुनसरी / बराहक्षेत्र नगरपालिकाको चतराधाममा आजदेखि सुरु भएको महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

१२ वर्षमा लाग्ने मेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताए ।

आउँदो वैशाख २८ गतेसम्म चल्ने मेलामा ३० लाख जना भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भ मेला क्षेत्रमा झन्डै पाँचसय व्यापारिक स्टल रहनेछन् ।

कुम्भ मेलाका क्रममा ४० दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री÷वितरण गर्न रोक लगाइएको छ । महाकुम्भकै अवसरमा चतरामा रहेको रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि नवरात्र अनुष्ठान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर