खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई विगत ३ बर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्दै आएका २५ बर्षीय युवराज राई पक्राउ परेका छन् ।
असार ३० गते कुमाल आफ्नै घरमा मृत फेला परेसंगै कुमालको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा राईले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।