प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने– मन्त्री घिमिरे

खबर पूर्वाञ्चल, २१ बैशाख २०७७, आईतवार १८:४१
फाइल तस्वीर

विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् ।

शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्र्तक्रीया कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने बताए ।

बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै उनले आगामी आर्थिक वर्षको वजेटले स्वास्थ्य र शिक्षालाई बढी जोड दिने बताए । विश्वभर फैलिएको कोरोना भाईरसले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखाएको उनले बताए ।

यसअघिका बजेट ५१ प्रतिशत भौतिक पूर्वाधारमा हुने गरे पनि अव त्यसो नहुने मन्त्री घिमिरेले बताए ।’ आगामी वैशाख २५ गतेसम्मको लकडाउन पछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने मन्त्री घिमिरेले बताए । लकडाउनपछि शिक्षण संस्था सञ्चालनबारे विज्ञसँग परामर्श भईरहेको उनले बताए । शिक्षण संस्था सामाजिक दुरी कायम गरि पठन पाठन गराउन सक्ने अवस्थाका नभएकाले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भईरहेको मन्त्री घिमिरेले बताए ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसईई परीक्षा सञ्चालनबारे पनि छलफल भईरहेको मन्त्री घिमिरेले बताए । परीक्षा केन्द्रको दायरा बढाएर दुरी कायम गरि परीक्षा सञ्चालन गरिने उनले बताए ।
प्रदेश १ का विद्यालयलाई प्रविधि मैत्री बनाईने मन्त्री घिमिरेले बताए । प्रदेशका ग्रामिण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भईरहेको उनको भनाई छ । मन्त्री घिमिरेले भने,‘ इन्टरनेटको पहुँच नपुगेका स्थानमा पहुँच पु¥याउने प्रवन्ध गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. रामप्रसाद मिश्र लेख्नुहुन्छ

    सान्दर्भिक प्रयास सफलताको शुभकामना ।।।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५