AArya
RUMPUM
animated ellipse animated ellipse

अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं : एमाले अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०८२, सोमबार १६:२८
135
Shares
दमक / नेकपा (एमाले)ले नेशनल युथ फोर्स गठन गरिसकेकाले अब देशका कुनै पनि सर्वोच्च संरचनामा क्षति पुग्न नदिने एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन्।

आज झापा क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब कहीँ कतै आगजनी र तोडफोड हुन नपाउने बताएका हुन्।

जेनजी आन्दोलनका क्रममा देशका महत्त्वपूर्ण संरचनाहरू जलेको स्मरण गर्दै ओलीले त्यतिबेला युथ फोर्स गठन नभएका कारण त्यस्तो अवस्था आएको बताए। ‘देश जल्यो, जल्दो रहेछ। एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं।’

अध्यक्ष ओलीले शान्ति सुरक्षाको रखबारी गर्नका लागि यो फोर्स बनाइएको र यो देखाउनका लागि मात्र नभएको प्रष्ट पारे। उनले युथ फोर्स एमालेको अनुशासित जनवर्गीय संगठन भएको र यसले ‘देश पहिलो’ भन्ने मन्त्रलाई आत्मसात् गर्दै काम गर्ने बताए। यो शक्ति केवल चुनावका लागि मात्र नभई सधैंका लागि गठन गरिएको उनको दाबी छ।

राज्य संयन्त्रमाथि मात्रै जनता भर पर्न नहुने तर्क गर्दै ओलीले जनताको सुरक्षा र शान्तिका लागि युथ फोर्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर