AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूमा भएको प्रतिभाको खोजी गरिदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ बैशाख २०८२, शुक्रबार १८:३१
117
Shares
विराटनगर /‘कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने मुल नाराका कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूमा भएको प्रतिभाको खोजी गरिने भएको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशको आयोजना तथा करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा कार्यक्रम गरिँदै छ ।

अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित प्रतिभाको पहिचान, प्रोत्साहन र व्यवसायिक गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ । ‘आर्थिक तथा सामाजिक रूपमा सक्षम नभईकन कुनै पनि व्यक्ति पूर्णरूपमा आत्मनिर्भर हुन सक्दैन । दुर्भाग्यवश, अपाङ्गता भएका व्यक्तिहरु अवसर नपाएर अरूको भरमा कठिन जीवनयापन गर्न बाध्य छन्’, महासंघका कोशी प्रदेश अध्यक्ष नविनचन्द्र ढुङ्गेलले भने, ‘यद्यपि, अपाङ्गता हुनु असक्षम हुनु होइन । यदि अनुकूल वातावरण र अवसर प्रदान गरियो भने अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो सीप, कला र योग्यता प्रस्तुत गरी परिवार, समाज र राष्ट्रलाई गौरवपूर्ण योगदान गर्न सक्छन् ।’

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सक्षम बनाई समावेशी र समतामूलक समाजको परिकल्पना गरेको उनले बताए ।

यस कार्यक्रम अन्तर्गत कोशी प्रदेशभरका अपाङ्गता भएका व्यक्तिहरूको कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय, क्यारिकेचर, नृत्य, चित्रकला, हस्तकला, नवप्रवद्र्धन (इनोभेसन) लगायत ९ विधामा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

यी बाहेक अन्य क्षमता भएमा पनि प्रस्तुतीकरण गर्न सकिने अध्यक्ष ढुङ्गेलले बताए । आफ्नो प्रतिभा आवेदन फारमसहित जततउकस्ररत्रच९अयमभक।ष्यरउब्द्धढन्थ मा पठाउन सकिने महासंघले जनाएको छ । उनीहरूले पठाएका प्रतिभाहरूलाई सो क्षेत्रका विषय विज्ञबाट छनोट गर्ने र उत्कृष्टलाई सोही क्षेत्रमा व्यवसायी बनाउने गरि अघि बढ्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर