पक्राउ पर्नेमा दमक नगरपालिका ८ का २५ वर्षीय सतप्रकाश साह, दमक ७ का २७ वर्षीय राजु श्रेष्ठ, झापाको कमल गाउँपालिका २ का ३० वर्षीय अरुण कार्की र दमक ८ का ३३ वर्षीय राजु लिम्बु रहेका छन्।
उनीहरूलाई आज दिँउसो इलाका प्रहरी कार्यालय दमकले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
उनीहरूलाई गोप्य सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी शाखा, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित १ एक्स बेट एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने इ सेवा खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने बिद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईइको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका एनसेलका सिमहरु २ सय ७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोबाईल , ल्यापटप ४ थान,प्रजापती सापकोटा वडा अध्यक्ष दमक(२ लेखिएको स्ट्याम्प १ थान , हेड टिचर लेखिएको स्ट्याम्प १ थान, डिकबहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान , माडी नगरपालिका ३ नम्बर वडा कार्यालय, संखुवासभा लेखिएको स्ट्याम्प १ थान, नेपाल सरकार शिक्षा मन्त्रालय लेखिएको स्ट्याम्प १ थान , नेपालको निशान छाप भएको स्ट्याम्प १ थान , नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान , ग्लोबल एजुकेशनल एकेडेमी लेखिएको स्ट्याम्प १ थान र नेपाली सेना अभिलेख कार्यालय, २०४३ लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।
पक्राउ परेको सवैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर र परिच्छेद २५ को लिखत सम्बन्धित कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी पाठकले जनाए।
तपाईको प्रतिक्रिया