animated ellipse animated ellipse

अधिकारी महाधिवेशन प्रतिनिधि परिषद र संगठित सदस्यबाट निलम्बित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०८१, शनिबार १७:५०
180
Shares
विराटनगर / जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई एमालेले सङ्गठित सदस्यबाट समेत निलम्बित भएका छन् ।

आज बसेको एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभए सम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा एमालेको सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको बताए । उनी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभाका सदस्य हुन् ।

उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा केही दिन अगाडी वैदेशिक भ्रमण का लागि जापान गएका थिए । उनले जापान जानु अघि आवश्यक मापदण्ड तथा प्रक्रियाहरू समेतको बेवास्ता गरी पदीय मर्यादा विपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका छन् । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।

खतिवडाले उनको जापान भ्रमण प्रकरणले एमालेमाथि समेत गम्भीर आरोप लगाउँदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरूलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको गंभिर ध्यानाकर्षण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर