मातृभूमि फाण्डेशनद्वारा विद्यार्थीहरुलाई नगद सहयोग

खबर पूर्वाञ्चल, १२ आश्विन २०७९, बुधबार ११:०५
162
Shares
विराटनगर / मातृभूमि फाउण्डेशन विराटनगरले गरीव तथा जेहेन्दार विद्यार्थीलाई नगद तथा विभिन्न शैक्षिक सामाग्री सहयोग गरेको छ ।

फाण्डेशनले विराटनगर महानगरपालिका –६ स्थित मर्दशामा अध्ययनरत दुई विद्यार्थीहरुलाई उक्त्त सहयोग उपलव्ध गराएको हो ।
स्थानीय अनिता श्रेष्ठले उपलव्ध गराउनु भएको शैक्षिक तथा नगद रकम उपलव्ध गराएको फाण्डेशनका अध्यक्ष चाँद इराकीले बताए ।

फाउण्डेशनले यसअघि कोभिड महामारी, बाढीपीडित र विद्यार्थीहरुलाई सहयोग उपलव्ध गराउँदै आएको छ भने विभिन्न समयमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष इराकीले जानकारी दिए ।

समाजमा आवश्यक्त्ता परे अनुसार अभैm रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गर्दै लैजाने अठोट रहेको अध्यक्ष इराकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५