खबर पूर्वाञ्चल
डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए ।
आज डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।
अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो ।