animated ellipse animated ellipse

पोलियोविरुद्धको खोप अभियान जेठ १३ गतेदेखि, मोरङमा ५२ हजार बालवालिकालाई लगाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०८१, सोमबार १७:३८
36
Shares
विराटनगर / मोरङमा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम जेठ १३ बाट सुरू हुने भएको छ ।

जेठ २२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा मोरङमा ५२ हजार ३५२ जना बालवालिकालाई खोप लगाउने तयारी गरिएको हो ।

६७२ वटा खोप केन्द्रबाट साढे पाँच वर्षदेखि ८ वर्ष उमेर समूहका ५२ हजार २५२ जना बालवालिकाहरुलाई मोरङमा खोप लगाउने तयारी रहेको स्वास्थ्य निर्देशानलय कोशी प्रदेशका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए । मोरङमा १७ वटा स्थानीय तहभन्दा सबैभन्दा बढी बालवालिका विराटनगरमा छन् ।

विराटनगरमा ११६ वटा खोपकेन्द्रबाट १८ हजार ८६४ जना बालवालिकालाई खोप लगाउने तयारी छ । यसैगरी सुनवर्षीमा ३ हजार ६०१, रंगेलीमा २ हजार ९ सय ८, ग्रामथानमा १ हजार ७५७, बुढीगंगामा २ हजार ९०४, कटहरीमा २ हजार ५७८, धनपालथानमा ३ हजार ५३८, जहदामा ३ हजार १६६, लेटाङ्गमा २ हजार २७७, केराबारीमा १ हजार ६६८, सुन्दरहरैचामा ८ हजार ६०४, बेलबारीमा ४ हजार ३९२, कानेपोखरीमा २ हजार २७९, पथरीशनिश्चरेमा ४ हजार ३१२ र उर्लाबारीमा ४ हजार ८२२ जना बालवालिकालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको पूर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सोमबार स्वास्थ्य कार्यालय मोरङले जानकारी गराएको छ ।

खोप अभियान सफल पार्नको लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण गराएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

खोप कार्यक्रम सञ्चालनका लागि ७८३ जना स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । १ हजार ७८ जना स्वयमसेविका परिचालन हुनेछ । देशव्यापी रुपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ । यसको लागि १ हजार ६७ विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ । विद्यालय नजाने तथा बाँकी रहेका बालबालिकालाई पायक पर्ने स्थानमा बाह्य खोप केन्द्र सञ्चालन गरेर र अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने डा. मेहताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर