AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतबाट तस्करी गरि ल्याएको चार कार्टुन औषधी बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७७, मंगलवार १३:१५
504
Shares
मंगलबार बरामद गरिएको तस्करी गरिएको ओषधी रहेको काटुन
विराटनगर / भारतदेखि तस्करी गरि ल्याएको औषधी मोरङ प्रहरीले छापा हानेर बरामद गरेको छ । तस्करी गरि ल्याएको औषधी विराटनगर – १३ नरेश यादवको घरमा भण्डारन गरि राखिएको अवस्थामा बरामद गरिएको हो ।

प्रहरीले यादवको घरबाट चार कार्टुन औषधी बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । बरामद गरिएको औषधी अनुसन्धानका लागि औषधी व्यवस्था विभागमा बुझाइएको छ ।

विराटनगरका केही फार्मेसीले मगाए पछि यादवले तस्करी गरि औषधी ल्याएको प्रहरीको दाबी छ । यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ‘भारतदेखि तस्करी गरि ट्याक्टरमा औषधी ल्याएको विशेष सूचना आएपछि प्रहरीले निगरानी बढाएको थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘यादवले फार्मेसीले मगाएको ठाउँमा तस्करीको औषधी पु¥याए वापत निश्चित रकम दिने गरेका रहेछ ।’

प्रहरीले औषधी घरमा लुकाएर राखेका यादवलाई भने नियन्त्रणमा लिएको छैन । उनी फरार भएको प्रहरीको दावी छ । बालुवा गिट्टीको कारोबार गर्दै आएका यादवले सीमापार समेत नेपालको बालुवा गिट्टी बिक्री गर्ने गरेको र त्यस क्रममा ट्याक्टरमै राखेर औषधी भित्र्याएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर