animated ellipse animated ellipse

कोभिडका कारण झी पुचः विराटनगरले यस वर्ष गाईजात्रा नगर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ श्रावण २०७७, शुक्रबार १९:२१
3
Shares
विराटनगर / झी पुचः विराटनगरले प्रत्येक वर्ष निकाल्दै आएको सामुहिक गाईजात्रा तथा अन्य विभिन्न साँस्कृति कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट बच्न यस वर्षको सामुहिक गाईजात्रा, लाखे नाच र अन्य कार्यक्रम पनि नगर्ने निर्णाय गरेको हो ।

झी पुचः विराटनगरले हरेक साल भदौ कृष्ण प्रतिपदाका दिन असामयिक निधन भएको परिवारजनहरुको घरबाट झाँकीसहितको विराटनगरमा बृहत गाईजात्रा निकाल्दै आएको थियो । कोरोनाको कारण यस वर्ष टोल–टोलमा पुगेर प्रर्दशन गरिने लाखे नाच पनि यस वर्ष नगर्ने निर्णाय गरेको झी पुचः विराटनगरका वरिष्ठ उपाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार साउन १९ गते श्रवण शुल्क पूर्णिमाको दिन ‘लाखे ख्वापा पूजा’ झी पुचः विराटनगरको प्रङगणमा गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर