खबर पूर्वाञ्चल
आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गरे।
मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताए। मन्त्री राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नयाँ भवनबाट सञ्चालन गर्ने समेत बताए।
खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम) ले बोर्डले नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताए।बस्नेतले बोर्डका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको साथ र सहयोगले नयाँ भवनमा कार्यालय स्थानान्तरण गर्न सफल भएको बताए।
यसअघि विराटनगर महानगरपालिका शनिहाटस्थित रहेको भाडाँको भवनबाट कार्यालय हाल विराटनगरस्थित नापी कार्यालय अगाडि रहेको मोरङ जिल्ला खेलकुद विकास समितिको साविकको कार्यालयमा स्थानान्तरण गरिएको हो ।
तपाईको प्रतिक्रिया