मोरङ चारमा एमालेको चुनावी अभियानमा कलाकार

खबर पूर्वाञ्चल, २१ कार्तिक २०७९, सोमबार १८:५७
189
Shares
विराटनगर/ पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ ।

मोरङ–४मा नेकपा एमालेको चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ । चर्चित गायक तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समिक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चौक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ ।

चोकमा पुगेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारहरुले एमालेलाई विजयी बनाउन र सूर्यमा भोट हाल्न आग्रह गरिरहेका छन् ।

टोलीले अहिलेसम्म मोरङ क्षेत्र नं. ४ का प्रदेशसभाका दुवै क्षेत्रका चौक र टोलहरुमा गरी दर्जनौ ठाउँमा कार्यक्रम गरिसकेको गायक साजन राईले बताए । देश बनाउनका लागि एमालेसंग स्पष्ट भिजन भएकाले आम निर्वाचनमा एमालेलाई विजयी बनाउन कलाकारहरु स्वतस्पूmर्त अभियानमा जुटेको राईको भनाइ छ ।

टोलीले जहाँ कार्यक्रम गर्छ एमालेको तर्फबाट मोरङ क्षेत्र नं. ४ का लागि प्रतिधिसभाका उम्मेदवार विनोद ढकाल र प्रदेशसभाका उम्मेदवार जयप्रकाश चौधरी र जीवन घिमिरे त्यहि पुगेर मत मागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५