खबर पूर्वाञ्चल
नेपाल व्यवस्थापन सङ्घ प्रदेशस्तरीय भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले सो विचार व्यक्त्त गरेका हुन् । उपकुलपति प्राडा कोइरालाले नेतृत्व, अनुसन्धान र कुशल व्यवस्थापनबाट मुलुकको समृद्धि कायम गर्ने कार्यमा व्यवस्थापनका दक्षजनशक्तिको ठूलो भूमिका रहेको बताए ।
विश्वविद्यालयका पूर्व डिन खगेन्द्र आचार्य, सङ्घका केन्द्रीय अध्यक्ष उपेन्द्र पौडेल, राष्ट्र बैंकका प्रदेश निर्देशक मीना पाण्डे ,डा. बिजुकुमार थपलिया, प्रतिक राउत र प्रतिमा रिजाल ओलीलगायतले व्यवस्थापनले नेपालको प्रशासन, उद्योग र व्यवसाय क्षेत्रको सुधारमा सहयोगी भूमिका निर्वाह गरेको धारणा राखे ।
भेलाले सङ्घको प्रदेश अध्यक्षमा डा बिजु थपलियालाई सर्वसम्मत रुपमा चयन गरेको छ भने उपाध्यक्षमा रोशनबहादुर थापा, महासचिवमा पशुपति नेपाल रहेका छन् । यसैगरी सदस्यहरुमा प्रतिमा रिजाल ओली र बद्री कटुवाललाई चयन गरिएको छ।