खबर पूर्वाञ्चल
आज विहान ११ बजे यासोकबाट फिदिमतर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान, उनकै ७ महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । मृतकमध्ये अर्का एक जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सो दुर्घटनाबाट गम्भिर घाईते भएका ११ जनालाई थप उपचारको लागी झापातर्फ पठाएको तथा अन्य घाईतेहरुको फिदिमकै विभिन्न अस्पतालमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पाँचथर प्रहरी जनाएको छ ।
तपाईको प्रतिक्रिया