AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तस्करीको गाँजासहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०८०, सोमबार १८:४२
243
Shares
विराटनगर / प्रहरीले भारत तस्करी हुन लागेको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका –९ भचुवा बस्ने २१ वर्षिय रबिन राईलाई १६ केजी गाँजासहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएका प्रहरी निरीक्षक ऋषिराज ढकालको कमाण्डमा खटिएको टोलीले पक्राउ परेका राईको घर नजिको ग्वालीमा अबैध रुपमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा बरामद गरेको उदयपुर प्रहरीले जनाएको छ ।

बरामद गरेको गाँजा भारत तस्करी गर्ने योजना रहेको प्रहरीको प्रराम्भिक अनुस्न्धानबाट खुलेको छ । पहाडी जिल्ला धनकुटा, भोजपुरलगायतबाट गाँजा तस्करी हुने र तराइको नाकाहरुबाट भारततर्फ गाँजा तस्करी हुने गरेको छ ।

गाँजासहित पक्राउ परेका राईलाई इप्रका रामपुर ठोक्सिलाले आज अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर