AArya
RUMPUM
animated ellipse animated ellipse

कार्यालय प्रमुख कँडेको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७८, आईतवार १८:४५
693
Shares
विराटनगर / मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुशील कँडेलको बिदाइ गरिएको छ ।

अवकास प्राप्त कँडेलको आज विराटनगरमा विदाई गरिएको हो । खेलकुद कार्यालयमा रहेर उनले २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएका थिए । कँडेलको विदाई गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए । कँडेलको खेलकुद कार्यालयको एउटा पद्धितबाट मात्रै विदाई भएको हो । तर, उनको योगदान खेलकुद क्षेत्रमा आवश्यक पर्ने भएकाले अझ थप सहयोग हुने कुरामा विश्वास रहेको उनले बताए ।

विगतको प्रदेश सरकारले खेलकुदलाई क्षेत्रलाई माया गर्ने र खेलको विकास गर्ने भने पनि काम गर्न नसकेको आरोप लगाउँदै, कोइरालाले भने, ‘एउटा बहुमतको सरकार भएर ३ वर्ष चलाउँदासमेत खेलकुद बोर्ड गठन गर्न नसक्दा खेल र खेलाडीको स्तर वृद्धिलगायतका कुरा थप हुन पुग्यो ।’ हाल गठन भएको प्रदेश खेलकुद बोर्ड र जिल्ला समितिले खेलकुदको विकास गर्न पाएका छैन्न् । ‘प्रदेश सरकारले बजेट र नयाँ खेलकुदका योजना रोक्का गरेले ठूलो समस्या भइरहेको छ,’ कोइरालाले भने, ‘प्रदेश १ विगतमा एउटा राम्रो खेलकुदको हब रहे पनि सरकारले बेवास्ता गर्दा नयाँ योजना आउन सकेको छैन ।’

त्यस्तै कँडेललाई विदाई शुभकामना दिँदै अन्य कर्मचारीलगायतले खेलकुद कार्यालयबाट मात्रै विदाई गरिएको हो । हामी सबै खेलकुदमा लागेकाहरुको कहिले पनि अवकास हुँदैन । कार्यालयको एउटा पाटोमा मात्र विदाई भएका हुन्छौं । तर, नयाँ आउनेलाई पुराना मान्छेको अनुभव र सहयोग सधैँ आवश्यक पर्ने भएकाले कुनै न कुनै तरिकाले निरन्तर खेलकुदमै रहन्छौं ।

पूर्वाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख चण्डी बास्तोला, पूर्वाञ्चल खेलुकद कर्मचारी संघका अध्यक्ष राजु महर्जन, प्रशिक्षक प्रशिक्षण प्रमुख शिवनारायण श्रेष्ठ, जिल्लाको सहइन्चार्ज तथा कराते प्रशिक्षक विनोदकुमार राउत, वरिष्ठ कराते प्रशिक्षक शोभित प्रसाईं र मोरङ खेलकुद कर्मचारी संघकी अध्यक्ष कुन्ति गुरुङलगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर