RUMPUM
animated ellipse animated ellipse

महानगरपालिकाले शुरु गरेको पार्किङ्ग निषेध अभियानलाई स्थानिय व्यापारीहरू उत्रीए आन्दोलनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७९, सोमबार १६:२०
270
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले पार्किङ्ग निषेध अभियानलाई स्थानिय व्यापारीहरूले आन्दोलनमा उत्रीएका छन् । महानगरले सडकमा पार्किङ निषेध गरेका कारण व्यापार व्यवसायमा ह्रास आएको भन्दै व्यापारी महानगरविरुद्ध आन्दोलनमा उत्रीएका हुन् ।

व्यापारीले सडकमा पार्किङ्ग निषेध गर्दा पसलसम्म आएर सवारी राख्न समस्या भएको, सेवाग्राहीले तोकिएको पार्किङ स्थलमा सवारी रोकेर पसलसम्म आईनपुगेको दावी गरेका छन् । महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो । य महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित घोषणा गरेर पुरानो जलजला हल उत्तरतर्फ जुत्ता–चप्पल मेला लाग्ने स्थान र ग्रिनक्रस अस्पताल पछाडीको खाली जग्गालाई पार्किङ स्थल घोषणा गरेको छ ।

तर महानगरको यो निर्णयले सेवाग्राही पसलमा नआउँदा व्यवसाय धरासायी भएको भन्दै व्यापारीले महानगरको ध्यानाकर्षणका लागि आन्दोलन गर्न बाध्य भएको बताएका छन् । महानगरपालिकाले गरेको कार्यले व्यवसाय गर्नेलाई समस्या परेको भन्दै उनीहरुले महानगरपालिकाको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएको बताए ।

सोमबार महावीर रोडका व्यापारीहरू सटर नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । उनीहरूले महानगरविरुद्ध विभिन्न नारा लगाउँदै महानगरपालिका घेराउ गरे । उनीहरूले व्यापारी र सेवाग्राहीलाई पार्किङ गर्न छुट दिनुपर्ने माग गरेका छन् ।

लामो समयदेखि विराटनगरमा सार्वजनिक पार्किङ अभाव रहेको गुनासो उठ्दै आएको थियो । त्यसको सम्बोधन महानगरपालिकाले गर्ने प्रयत्न गरेपनि अहिले त्यसको विरोध सुरु भएको छ ।

महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोड सम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ । यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रूपमा तोकेको छ । अन्य सडकलाई पनि पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने महानगरको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर