RUMPUM
animated ellipse animated ellipse

परम्परा धान्न ५२ वर्षपछि खटयात्रामै सिमित भयो विराटनगरको रथयात्रा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०७७, बुधबार १६:३१
117
Shares
विराटनगर / विराटनगरमा प्रत्येक वर्ष भव्यताका साथ मनाइने श्रीराधाकृष्ण रथयात्रालाई परम्परा धान्नका लागि भने गाडीमा राधाकृष्णको युगल जोडिलाई खटमा राखी ५२ वर्षपछि खटयात्रामै सिमित भएको रथयात्रा नगर परिक्रमा गराइएको छ ।

सार्वजनिकरुपमा भिडभाड नगर्ने उदेश्य अनुरुप कार्यक्रमलाई गोप्य राख्दै खटयात्रा भने गरिएको हो । २०२५ सालदेखि खटयात्रालाई व्यवस्थित र भब्यता प्रदान गर्दै रथयात्राको रुपमा नगर परिक्रमा गर्ने परम्परा बसालिएकोमा यस पटक कोरोना कहरका कारण रथयात्रा सम्भव नभएपछि खटयात्रामै सिमित भएको हो ।

एसियाकै ठूलो रथयात्रा जगन्नाथपुरीको रथयात्रापछि दोस्रो राधाकृष्ण रथयात्रा कोभिड–१९ संक्रमण जोखिमको कारण स्थगन भएको हो । यद्यपी खटयात्रा भने पुरानै रुटअनुसार परिक्रमा गराइएको छ ।

राधाकृष्ण धर्मशालाका अध्यक्ष बाबुराजा ओझाले सार्वजनिक रुपमा रथयात्रा गर्न यस पटक असमर्थ रहेको कुरा सवैले बुझेको र परम्परा धान्न खटयात्रा गरिएको बताए ।

विगतका बर्षहरुमा श्रीराधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका थिए । १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भई २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तरता पाएको रथयात्रा कोभिडका कारण प्रभावित बन्न पुगेको छ ।

खटयात्रा कार्यक्रममा पुगेका विराटनगर महानगरका मेयर भीम पराजुलीले परम्परा धान्नका लागि गरिएको कार्यक्रमको सफलताको कामना गरेका छन् । विराटनगरको ऐतिहासिक रथयात्रालाई निरन्तरता दिने उदेश्य अनुरुप खटयात्रा गरेकोमा आयोजक कमिटीलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।
बिक्रम सम्बत १९८८ सालदेखि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट खटयात्राको रुपमा राधाकृष्णको मुर्तिलाई नगर परिक्रममा गराउने प्रचलन विराटनरमा आरम्भ भएको थियो । खटयात्राको इतिहास अनुसार ९० औं सृङ्खला भक्तजनविहीन यात्रामा सीमित हुन पुगेको हो ।

बुधबार खटयात्राको परम्परालाई संकटपूर्ण अवस्थामा पनि निरन्तरता दिने उद्देश्यले रथयात्रा आयोजक समितिले गाडीमा खट राखेर राधाकृष्णको मुर्तिलाई नगरपरिक्रमा गराइएको छ । सडकमा लाखौं भक्तजनको भीड हुने विराटनगरमा बुधबार खटयात्रा भएको सुईको समेत धेरैले पाएनन् । यद्यपी रथयात्राको निरन्तरता भने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर