पूर्वाञ्चल खबर


राधाकृष्ण धर्मशालाका अध्यक्ष बाबुराजा ओझाले सार्वजनिक रुपमा रथयात्रा गर्न यस पटक असमर्थ रहेको कुरा सवैले बुझेको र परम्परा धान्न खटयात्रा गरिएको बताए ।
विगतका बर्षहरुमा श्रीराधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका थिए । १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भई २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तरता पाएको रथयात्रा कोभिडका कारण प्रभावित बन्न पुगेको छ ।
खटयात्रा कार्यक्रममा पुगेका विराटनगर महानगरका मेयर भीम पराजुलीले परम्परा धान्नका लागि गरिएको कार्यक्रमको सफलताको कामना गरेका छन् । विराटनगरको ऐतिहासिक रथयात्रालाई निरन्तरता दिने उदेश्य अनुरुप खटयात्रा गरेकोमा आयोजक कमिटीलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।
बिक्रम सम्बत १९८८ सालदेखि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट खटयात्राको रुपमा राधाकृष्णको मुर्तिलाई नगर परिक्रममा गराउने प्रचलन विराटनरमा आरम्भ भएको थियो । खटयात्राको इतिहास अनुसार ९० औं सृङ्खला भक्तजनविहीन यात्रामा सीमित हुन पुगेको हो ।
बुधबार खटयात्राको परम्परालाई संकटपूर्ण अवस्थामा पनि निरन्तरता दिने उद्देश्यले रथयात्रा आयोजक समितिले गाडीमा खट राखेर राधाकृष्णको मुर्तिलाई नगरपरिक्रमा गराइएको छ । सडकमा लाखौं भक्तजनको भीड हुने विराटनगरमा बुधबार खटयात्रा भएको सुईको समेत धेरैले पाएनन् । यद्यपी रथयात्राको निरन्तरता भने भएको छ ।