खबर पूर्वाञ्चल
यसक्रममा अनेकौ बाधा अड्चनहरु हाम्रा सामु आए। कहिले आर्थिक अभावले छटपट्टिनु पर्यो त कहिले प्राविधिक कारणले समस्या झेल्नु पर्यो। अव चलाउन सकिन्दैन होला भन्ने आवाजहरु कहिले समुहमा आए, कहिले जिम्मेवारीको भारीले थिचिदियो भने कहिले अस्वस्थ प्रतिस्पर्धा र अनलाईन प्रतिको बढ्दो अविश्वास र नकरात्मक धारणाले नैराथ्यता उब्ज्यायो । अनेक, उकाली र ओराली अनि संघर्षहरुको अनुभूति यस अवधिमा साचिए । तर अविरल यात्रा को गोरेटोमा सबै वाधाहरुलाई पन्छाउँदै, अगाडि बढन्नु पर्छ भन्ने मनहरू र साथहरु पनि छाया जस्तै हामी संग संगै देखापरे । उहाँहरुकै साथ, सहयोग र समर्पणका कारण आज हालीले दशकको यो यात्रा तय गर्न सक्यौ । हामीलाई यो यात्रामा सहयोग गर्ने र साथदिने तमाम हातहरु, अनि मनहरुलाई हामी सर्वप्रथम कृतज्ञता ज्ञापन गर्दछौ ।
पछिल्लो समय पत्रकारिता आफैमा पनि चुनौतीपूर्ण क्षेत्र बन्दै गएकोछ । प्रविधिको उच्चतम् प्रयोग र बिकासले यस क्षेत्रलाई यति संवेदनशिल र चुनौतीपूर्ण बनाईदिएको छ कि यसलाई संचालन र सम्प्रेषण गर्नु साँच्चीकै कठिन छ। अझ अनलाइन मिडियामार्फत लाखौं मानिसहरुको विश्वास आर्जन गर्न सक्नु त फलामको चिउरा चपाए झै बन्न थालेको छ । तर यस्तो अवस्थामा पनि हामीले भने तपाई पाठकहरुको विश्वास जित्न सकेका छौ भन्ने लागेको छ ।
तपाईहरुकै साथ, सहयोग र सद्भाव का कारण हामीले हाम्रो यात्रा तय गर्न सकेका हौ । हामीले इमान्दारिता पूर्वक निश्पक्ष भएर सूचना, विचार, चेतना र आवाजलाई देशदेशान्तर सम्म पुर्यायौ भन्ने हाम्रो विश्वास छ । हामीले कसैको पक्षधरतालाई आश्रय दिएनौ, समाचारमा कसैसंग अति निकटताको सम्वन्ध त कसै संग टाठा बनेनौ । जो हो सत्यतथ्य सूचना सम्प्रेषण गर्यौ । यहि कुरालाई हामी आगामी दिनमा पनि निरन्तरता दिने छौ । हाम्रा लागि सबैका राम्रा पक्ष पृय र खराब पक्ष घृणित हुनेछन् । हाम्रो सूचना र समाचार वास्तविक्ताको आगोमा खारिएर आउनेछन । समाज र राष्ट्रको हितका निमित्त हामी प्रतिवद्द छौ र रहिरहने प्रण गर्दछौं।
हाम्रो १० वर्षको यो यात्रा उकाली ( ओराली , संघर्ष, उपलब्धि र समर्पणको प्रतिविम्व हो । प्रतिकूल समय, सिमित श्रोत र चुनौतीपूर्ण परिस्थिति हुँदा हुदै पनि हामी निरन्तर अघि बढ्यौ र एक दशक सम्म आईपुग्यौ । यसरी आउनमा हाम्रा विज्ञापन दाता, लेखक, पाठक, शुभेच्छुक र सहकर्मी साथीहरुको साथ महत्वपूर्ण रहयो र उहाहरुकै कारण आजसम्म हामी सफल भएका हौ । आगामी दिनमा पनि यहाहरुको निरन्तर सहयोग र सद्भावको अपेक्षा गरेका छौ । धन्यवाद ।