रोटरी क्लब अफद्वारा प्रहरीलाई फेस सिल्ड र माक्स वितरण

खबर पूर्वाञ्चल, २९ श्रावण २०७७, बिहीबार २१:५१

विराटनगर / रोटरी क्लब अफ विराटनगरले कोरोना भाइरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नेपाल प्रहरीलाई फेस सिल्ड र माक्स वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएपछि त्यसको नियन्त्रणका लागि प्रहरीको सक्रियता महत्वपूर्ण रहेको भन्दै रोटरी क्लब अफ विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा प्रहरीलाई तीन सय थान फेस सिल्ड माक्स र तीन सय ७५ थान एन ९५ माक्स क्लबका अध्यक्ष विजुकुमार थपलियाले मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्कालाई हस्तान्तरण गरे ।

सर्भिस डाइरेक्टर मनोजविक्रम शाहका अनुसार क्लबले समय समयमा यसप्रकारको कार्य गर्दै आएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणमा जनचेतनामूलक कार्यदेखि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण समेत गरिएको शाहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Bishnu Raj Puri लेख्नुहुन्छ

    Great work

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५