खबर पूर्वाञ्चल
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ ।
शनिवार पनि कार्यालय पुगेका सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका हुन् ।
कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको मोरङ प्रहरी प्रमुखएसपी सन्तोष खड्काले जानकारी दिए । सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, चप्पल, नेल कटर, पञ्चिङ मेसिनलगायत प्रहार भएको थियो ।
एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुटपिटबाट सञ्जेलको निधारलगायत अनुहारका विभिन्न भागमा चोट लागेको छ । सञ्जेल प्राय सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्दै आएका छन । स्थानीयका अनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालय प्रवेश गरेर चुक्कुल लगाएर भित्र कुटपिट गरेका थिए । मिटिङ भन्दैं उनका चलाकलाई बाहिर निकालिएको थियो ।
कुटपिटमा संलग्नहरुले पटक–पटक सञ्जेलले गाली गलौज गर्ने र अनावश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले आवेशमा आएर कुटपिट गरेको प्रहरीसँग बयान दिएका थिए ।
सरकारी कार्यालयमाा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते श्रम कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो । तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै सञ्जेलको सरुवा व्यावसायिक सीप तथा तालीम प्रतिष्ठानमा इटहरी भयो ।
आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको भन्दै सर्वोच्च अदालतमा २०७५ फागुन रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
भ्रष्टाचारविरुद्ध आक्रामक हुने सञ्जेल आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँदै आएका छन् ।
यता कुटपिटमा संलग्नहरुले पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनावश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले कुटपिट गरेको प्रहरीसँग बयान दिएका छन् ।
तपाईको प्रतिक्रिया