RUMPUM
animated ellipse animated ellipse

शिक्षादीपद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०८०, सोमबार १८:४४
108
Shares
विराटनगर / शिक्षादीप कलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ ।

आज शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि उक्त राहत सामग्री वितरण गरे ।

प्रत्येक विद्यार्थीलाई एउटा झोला, केही कापी, कलम, एक सेट सर्ट–पेन्ट र भेष्ट–पेन्ट वितरण गरिएको थियो । शैक्षिक सामग्री र पोशाक ३१ जना विद्यार्थीहरुलाई वितरण गरिएको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिए । कलेजले समाज प्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने भावना राखेर यसरी विपतमा परेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रिन्सिपल खड्काले बताए । किताब कापी जलेर नष्ट भएर पढाइको मेसो हराइरहेको अवस्थामा पाएको समग्रीले पढाइमा ठूलो सहयोग पुग्ने पीडित विद्यार्थीहरुले बताएका छन् ।

शनिवार दिउँसो विद्युतीयतारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका एक सय १८ जना विस्थापित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर