AArya
RUMPUM
animated ellipse animated ellipse

चालकको पेशागत हितका लागि संघको स्थापना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०८२, शनिबार १९:३७
45
Shares
विराटनगर /संयुक्त स्वतन्त्र चालक संघ(नेपाल( ट्रेडयुनियन)ले चालकहरुको पेशागत हक हितमा प्रतिवद्धता व्यक्त्त गरेको छ।

संघका अध्यक्ष संजयदेव बान्तावाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चालकहरुको सामाजिक र आर्थिक अधिकारको सुनिश्चिता,सावारी क्षेत्रमा व्याप्त अव्यवस्था एव दण्डहीनता शोषणको अन्त्य गर्ने जानकारी दिए।

चालकहरुको आवाज उठाउने संस्थागत माध्यमको रुपमा संघ दृढ र जिम्मेवारीपूर्वक कार्य गर्ने उनले बताए ।

संघले दुर्घटनामा परेका चालक तथा परिपालाई तत्काल राहत,उपचार सहायता र बीमा सुविधा उपलव्ध गराउने, चालकहरुका छोराछोरीलाई शिक्षा, स्वास्थ्यमा छात्र वृत्तिको व्यवस्था गर्ने,आपतकालीन अवस्थामा तत्काल राहत र उद्धारका लागि संजालको निर्माण गर्ने,सुरक्षा कोषको व्यवस्था गर्नु संघ संस्थापनाको उद्देश्य रहेको छ।

वरिष्ठ उपाध्यक्ष नरेश वुढाथोकीले संघमा साना तथा ठूला सवारी चालकहरु आवद्ध रहेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर