RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशसभा बैठक आज बस्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०८०, मंगलवार १२:२२
126
Shares
विराटनगर / कोशी प्रदेशसभाको बैठक आज बस्दैछ ।

आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ ।

दिउँसो १ बजेदेखि बैठक सुरु हुने भएको हो । कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउने तयारी गरेको छ । तर, कहिले ल्याउने भन्ने मिति तय भइसकेको छैन । स्रोतले दिएको जानकारी अनुसार शुक्रबारसम्ममा मन्त्रीपरिषदबाट पारित गरेर प्रदेशसभामा बजेट पेश गर्ने सरकारको तयारी छ ।

यसअघि प्रदेशसभाको बैठक कार्तिक २३ गते बसेर स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर