animated ellipse animated ellipse

प्रहरीको गाडीमा ढुंगा हान्ने दुई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०७७, आईतवार १८:२९
9
Shares
विराटनगर / भारतदेखि तस्करी भई आएको सामान नियन्त्रण गर्न गएको प्रहरीको गाडीलाई ढुंगा प्रहार गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर–१५ का २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देवलाई प्रहरी गाडीलाई ढुंगा हानेको आरोपमा विराटनगर १५ रानीबाट पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन आइतबार म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

पक्राउ परेकाहरु लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा तस्करी धन्दा चलाउने युवाहरु रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य छ जना फरार रहेका कारण खोजी तीव्र बनाइएको जानकारी उनले दिए ।

सामान तस्करी भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिनलाई शनिबारराति विराटनगर–१५ को सुँडी बस्तीमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाको नेत्रृत्वमा टोली पुगेको थियो । थापा नेतृत्वको प्रहरी टोलीलाई अवरोध गर्दै तस्कर समूहले ना १ झ १३४८ नम्बरको गाडीमाथि आक्रमण गरेको डीएसपी राईको भनाइ छ ।

उक्त समूहले ढुंगामुडा गर्दा गाडीको अगाडिको सिसा फुटेको छ । ‘टोली पुग्न साथ एउटा समूह आक्रमक रुपमा प्रहरीमाथि खनियो,’ राईले भने, ‘प्रहरीलाई अवरोध गर्दै केही मानिसहरु आक्रमणमा उत्रिएर गाडीमा ढुंगामुडा गर्न थाले ।’

घटनामा प्रहरीलाई भने केही भएन । सामानको तस्करी भइरहेको अवस्थामा प्रहरी पुगेर निगरानी गर्दै नियन्त्रणमा लिने प्रयास गरेपछि तस्करी गर्न नपाएको झोंकमा तस्कर समूहले आक्रमण गरेको डीएसपी राईको भनाइ छ । आफैमाथि आक्रमण भएपछि प्रहरीले तस्करीका कुनै सामान भने नियन्त्रणमा लिन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर