उच्च अदालत विराटनगर बाहिर खुकुरी प्रहार इँटाभट्टाका मालिक घाइते

, खुकुरी हान्ने राई पक्राउ
खबर पूर्वाञ्चल, १० आश्विन २०७८, आईतवार १८:५०

विराटनगर/ विराटनगरस्थित उच्च अदालत बाहिर खुकुरी प्रहार गरि एक जना व्यापारीलाई घाइते बनाएका छन् ।

विराटनगर– ६ रामपुरका २५ वर्षिय विमल कार्कीले खुकुरी प्रहार गरि काँभे्रका व्यापारी कामनसिंह लामालाई आज दिउँसो घाइते भएका हुन् ।

घाइते भएका व्यापारी काँभ्रेमा इट्टाभट्टा संचालन गर्ने व्यापारी रहेको बुझिएको छ । घाइते भएका लामाको उपचार विराट नर्सिङ होममा भइरहेको छ ।

खुकुरी प्रहार गर्ने कार्कीलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । ‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं ।’ कार्कीले के कारणले खुकुरी प्रहार गरे त्यो खुलिकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस विषय थप जानकारी केही बेरमा आउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५