AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा स्पोर्टस् मीट २०८१

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०८१, बिहीबार १८:४४
171
Shares
विराटनगर / विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलमा स्पोर्टस् मिट २०८१ आयोजना भएको छ।

माघ १० र ११ गते हाटखोला मैदानमा आयोजित दुई दिने उक्त कार्यक्रममा , टेबल टेनिस , भलिबल, फुटबल , १०० मिटर रेस, २०० मिटर रेस, ४०० मिटर रेस , १०० मिटर रेस, सटपुट, म्याथ रेस , स्पुन रेस ,डोरी तान्ने खेल , जस्ता एकल प्रतिस्पर्धा तथा अन्तर हाउस प्रतिस्पर्धाका खेलहरू समावेश गरिएको छ ।

स्पोर्टस् मीटमा विद्यार्थीहरूद्वारा मार्चपास प्रस्तुत गरिएको थियो। प्रतियोगितामा प्रथम ,द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयद्वारा प्रमाणपत्र तथा मेडल प्रदान गरिने विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी गराए। विद्यालयले विद्यार्थीहरूको रुचि अनुसार प्रतिभा उजागर गर्ने उद्देश्यले यस प्रकारका अन्य कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर