AArya
RUMPUM
animated ellipse animated ellipse

देश र जनताप्रति समर्पण व्यक्तिले मात्र मुलुकलाई नेतृत्व दिन सक्ने : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०८३, आईतवार २०:३९
72
Shares

विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश तथा जनताप्रति सपर्मण गर्ने व्यक्तिले मात्र मुलुकको नेतृत्व दिन सक्ने बताएका छन् ।

स्व पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद– आशालता रिजाप्रतिष्ठानले आज विराटनगरमा आयोजित आठौँ नगेन्द्रप्रसाद –आशालता रिजाल शिक्षा,संस्कृति तथा सामाजिक सेवा पुरस्कार सम्मान समर्पणबाट पूर्व बैङकर अनिल केशर शाह र सुनसरी धरानस्थित पिण्डेण्श्वर संस्कृत मावि लाई नगद रु एक /एक लाख सहित सम्मानित गरे ।

मुख्यमन्त्री कार्कीले स्व .रिजालले मुलुकको शिक्षा,स्वास्थ्य धर्म संस्कृति संरक्षणमा ठूलो योगदान पु¥याउनु भएको स्मरण गर्दै कुशल प्रशासक एवं राष्ट्रवादी नेता भएकाले सबैले अहिले पनि सम्झने गरेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउन महिनादेखि निजी तथा सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने किशोर किशोरीहरुलाई देशमा वसेर असल र सभ्य नागरिक भई राष्ट्रय सेवा गर्ने भवना जगाउने कार्य सञ्चालन गर्ने बताए।

प्रतिष्ठानले स्थापित पुरस्कारले कोशीदेखि मुलुकमा अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व खोजेर गर्ने सम्मान गर्ने कार्यको उनले प्रशंसा गरे।

प्रदेशका पर्यटन , वन तथा वातावरणमन्त्री भीम पराजुलीले स्व रिजालले मुलुकमा दिएको शिक्षा स्वास्थ्य एवं सामाजिक कार्यको नव युुवा पुस्ताले सधै सम्झने र प्रेरणा प्राप्त गर्ने बताए।

पूर्व मुख्यमन्त्री केदार कार्कीले स्व रिजालले समाजलाई एकतावद्ध गराई सदभाव कायम गर्ने व्यक्तित्व हुनु भएको बताए ।

सम्मानित व्यक्तित्वहरु शाह र संस्कृत माविका संस्थापक पुरुषोत्तम भट्टराईले हामीले आफ्नो सन्तानलाई धर्म, संस्कृति र संकारयुक्त बनाइ राष्ट्रवादी बनाउन सबै अभिभावक लाग्नु पर्ने सुझाव दिए।

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल ,उपाध्यक्ष सुरेश शर्मा, प्रा गोपाल भण्डारी, सल्लाहकार प्रभु पराजुली, प्रा गोपाल अधिकारी लगायतले स्व रिजाले शिक्षा, स्वास्थ्य, धर्म प्रति पु¥याएको योगदानको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर