AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गुरुङको हत्या गरेको आरोपमा ९ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०७९, शुक्रबार १४:५४
441
Shares
इलाम / झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एलबि भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ बर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेशकुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई समेत ९ जनालाई विभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीहरुको साथमा घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को १९ प ३७२५ नम्वरको मोटरसाईकलको दुवै चक्काको टायर काटी फालेको अवस्थामा फेला परी बरामद गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नाको बदला लिन आरोपीहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ भने घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गुरुङलाई बुधबार बेलुका ५ बजे १०–१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविरबाट दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको बिभिन्न भागमा काटी गम्भिर घाईते बनाई घटना स्थलबाट भागी फरार भएको र घाईते गुरुङको बि एण्ड सि अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर