खबर पूर्वाञ्चल
श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बत्र लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रमुख कोइरालाले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास गर्दै असल नागरिक बत्र नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनु आवश्यक रहेको बताए ।
विद्यालयका संरक्षक अच्युतप्रपत्राचार्यले नैतिक शिक्षा,संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षा सेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारेमा चर्चा गरे ।
दुई कठ्ठा १० धुर जग्गामा रहेको सो विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्मको अध्यापन हुने र विद्यालयमा लगभग १ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख बजेट प्राप्त भएको बताएको छ ।
तपाईको प्रतिक्रिया