खबर पूर्वाञ्चल
असार ४ गतेदेखि १० गतेसम्म चलेको उक्त कार्यक्रम मंगलबार औपचारिक रूपमा समापन भएको छ ।
समापन कार्यक्रममा संघले विभिन्न क्षेत्रमा योगदान पु¥याउने सात जना व्यक्तिहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा एनसीडिए मोरङ शाखाका प्रेस सल्लाहकार उद्धव घिमिरे, कानुनी सल्लाहकार भरतबहादुर थापा, अटल फार्मेसीका संचालक पवन अटल, औषधी व्यवसायी उदय चन्द्र झा, हिमगिरी मेडिको कर्मचारी उमेश ठाकुर, न्युमेड प्रालिका विनोद श्रेष्ठ र औषधी ढुवानी गर्ने प्रेमलाल राय रहेका छन् । सम्मानित व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद योगेन्द्र मण्डल र संघका अध्यक्ष देशबन्धु ढकालले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
स्थापना दिवसको अवसरमा मंगलबार बिहान अस्पताल चोकदेखि संघको भवनसम्म प्रभातफेरी गरिएको थियो । त्यसपछि संघको भवन परिसरभित्र झण्डोत्तोलन गरिएको थियो ।
कार्यक्रममा बोल्दै संघीय सांसद योगेन्द्र मण्डलले औषधी व्यवसायी संघले स्थापना दिवसमा समाजिक काम गरेर सबैको मन जितेको बताए । उनले संघको सामाजिक सेवामूलक कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने काम गरेको बताए ।
एनसीडिए मोरङका अध्यक्ष देशबन्धु ढकालले संघको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेर मनाएको जानकारी दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर संघले हप्ताभरि विभिन्न सामाजिक कार्य गरेको बताए । उनले भने, ‘हाम्रो संघले स्थापना दिवसमा केवल उत्सव मनाउने मात्र नभएर समाजप्रति आफ्नो दायित्व पूरा गर्ने काम गरेका छौं ।’
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीप कुमार विश्वास, प्रदेशका उपाध्यक्ष सुधिन्द्रध्वज श्रेष्ठ, संघको मोरङका निर्वतमान अध्यक्ष लक्ष्मी तिम्सिनालगायतले शुभकामना दिए ।
एनसीडिए मोरङ शाखाको यो स्थापना दिवस उत्सवले औषधी व्यवसायी समुदायको सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई प्रस्ट रूपमा देखाएको छ । संघले केवल व्यापारिक हितमा मात्र सीमित नरहेर समाजको कल्याणमा योगदान पु¥याउने काम गरेको यो कार्यक्रमले देखाएको सघंका अध्यक्ष ढकालले बताए । उनले भविष्यमा पनि यस्तै सामाजिक उत्तरदायित्वका साथ संघले काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले औषधी व्यवसायीहरूले आफ्नो पेशागत दायित्वका साथसाथै समाजसेवामा समेत सक्रिय रहनुपर्ने बताए ।