अरनिको कलेज हिसान क्रिकेटको उपाधि नजिक, कोशी सेमिफाइनलमा

खबर पूर्वाञ्चल, २८ पुष २०७८, बुधबार १७:१७

पुष्पराज थपलिया
विराटनगर /अरनिको कलेज हिसान क्रिकेटको उपाधि नजिक पुगेको छ । उसले आज भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गरि उपाधि नजिक पुगेको हो ।

कोशी क्याम्पस शिक्षादिप कलेजविच विहिबार हुने अन्तिम सेमिफाइनलको विजेतासँग अरनिकोले शुक्रबार उपाधिकालागि प्रतिस्पर्धा गर्ने छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजनामा विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा भएको अर्को अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै कोशी क्याम्पस सेमिफाइनलमा प्रवेश छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४६ रनको विशाल स्कोर खडा गरेको थियो । अरनिकालागि निखिल यादव, विवेक किक्रम केसी, सुमन मण्डलले १८–१८ रन बनाउँदा अजितकुमार अटलले १३ रन, योगेश कहरले १२ रन तथा प्रतिक यादव र अविशेक बरालले १०–१० रनको योगदान दिएका थिए । ग्रिनल्याण्डका अनिल यादवले २ लिँदा जिवेश यादवले १ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको विशाल चुनौती पछ्याएको ग्रिनल्याण्डले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १५ रन मात्र जोड्न सक्यो । ग्रिनल्याण्डलागि दिपक विकले अविजित ३३ रन बनाउँदा आषिश मण्डलले अविजित १७ रन र जितेन्द्र कामतले १५ रनको योगदान दिए । अरनिकोका म्यान अफ द म्याच अविशेक बराल र निखिल यादवले २–२ विकेट लिँदा चन्दनल यादव र अ‍ैकित मण्डलले १–१ विकेट लिए ।

यस अघि भएको अन्तिम क्वाटरफाइनल खेलमा कोशी क्याम्पसले सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस हारेरे पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाई १ सय ५ रनको स्कोर खडा गरेको थियो । जस्मा सञ्जय साहले २६ रन जोड्दा रञ्जन कामतले २४ दरन तथा विकाश दासले १४ रनको योगदान दिए । सगरमाथाका केदार कामतले २ विकेट र गणेश राजले १ विकेट लिए । जवाफमा १ सय ६ रनकोे लक्ष्य पछ्याएको सगरमाथाले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ७४ रनमा सिमित भयो । जस्मा चन्द्रशेखर यादव र गणेश राजले १५–१५ रन जोडे । कोशीका विकाश दासले ह्याट्रिकसहित ४ विकेट दिए । उनी खेलकोे म्यान अफ द म्याच घोषित भए ।

विहिबारको अन्तिम सेमिफाइनल खेल शिक्षादिप कलेज र कोशी क्याम्पसविच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५