AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा कुन नेताले कुन मतदान केन्द्रबाट मतदान गरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० बैशाख २०७९, शुक्रबार १८:५८
999
Shares
एमालेका महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सागर थापाले विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गर्दै । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गरे ।

यसैगरी नेपाली कांगं्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श मावि विद्यालय केन्द्रमा मतदान गरेका हुन् ।

यस्तै नेकां केन्द्रीय सदस्य सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माविकै मतदान केन्द्रमा मतदान गरिन ।
नेकां केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विराटनगर–११ स्थित जनपथ उच्च मावि मतदान केन्द्रमा मतदान गरिन ।

यस्तै नेकां केन्द्रीय सदस्य अमृत अर्यालले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गर्नु भएको छ ।

नेकां विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार नागेश कोइराला , राप्रपाकका प्रमुख पदका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गरे ।

नेकपा एमालेका महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सागर थापाले विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गर्नु भएको छ ।

विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चाल विद्यालय इन्जिनियरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गरे ।

यसैगरी नेकपा एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि,जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पसमा मतदान गरे । एमालेका नेता तथा मोङ छ का साँसद लालबाबु पण्डित र एमाले नेतन गसरु बरालले मोरङ क्याम्सबाट मतदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर