AArya
RUMPUM
animated ellipse animated ellipse

प्रमाणका रूपमा रहेको दिव्य ज्योति अस्पतालको स्टिकर हटाउन खोजेको आरोपमा स्ववियु अध्यक्ष रोहित यादवलाई पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०८३, मंगलवार १४:५४
3
Shares
विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति रोहित यादव पक्राउ परेका छन् ।

लागूऔषध गाँजा बरामद भएपछि प्रहरी नियन्त्रणमा रहेको गाडीबाट प्रमाणका रूपमा रहेको स्टिकर हटाउन खोजेको आरोपमा यादवलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको ‘दिव्य ज्योति अस्पताल’ को स्टिकर टाँसिएको को १ च ६६२० भ्यानबाट यादवले अनधिकृत रूपमा प्रहरी कार्यालय परिषरभित्र प्रवेश गरी स्टिकर उक्काएको सिसी क्यामरा फुटेजमा देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अखिल क्रान्तिकारीबाट निर्वाचित यादवमाथि सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

भदौ १६ गते राति ११ बजेतिर विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले उक्त भ्यानबाट ५९.२९० केजी गाँजा बरामद गरेको थियो । बरामद गरिएको गाँजा र भ्यानलाई कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीलाई सशस्त्र प्रहरीले बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर