animated ellipse animated ellipse

समगरमाथा स्कूलले २६ औं विद्यार्थी र अभिभावक दिवस एक साथ मनायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०७९, शनिबार १६:५८
558
Shares
विराटनगर / विराटनगर–११ मा रहेको समगरमाथा स्कूलले २६ औं विद्यार्थी र अभिभावक दिवस एक साथ मनाएको छ । स्कूल परिसरमा आज एक समारोहको बिच उक्त दिवस मनाएको हो ।

सोही अवसरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरियो । कक्षा नर्सरी देखि १२ कक्षासम्म स्कूलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमलले जानकारी दिए ।

त्यस्तै स्कूलले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले ‘सगरमाथा खेलकुद सप्ताह’ अन्तर्गत भएको विभिन्न खेलकुद प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का प्रदेश प्रमख पर्शुराम खापुङले हरेक स्कूलले शिप र सस्कार सहितको शिक्षा दिन आवस्यक रहेको बताए । उनले अबको शिक्षा भनेको जीवन उपमुखी शिक्षा रहेको समेत बताए । प्रदेश प्रमुख खापुङले विद्यार्थीहरूलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमको सभापतित्वमा भएको कार्यक्रम भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले नित्य, गित, नाटकलगायतका विभिन्न सामाग्रि प्रस्तुतीले सभागि अतिथि तथा अभिभावकलाई दिनभर मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर