animated ellipse animated ellipse

पत्रकारिता क्षेत्र राजनीतिक मूल्यमान्यता भन्दा पनि पेशागत हितमा काम गर्नु पर्ने–मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०७८, शुक्रबार १९:५८
297
Shares
विराटनगर / पत्रकारिता क्षेत्र राजनीतिक मूल्यमान्यताको आधारभन्दा पनि पेशागत हक, हित र अधिकारमा केन्द्रित रहनु पर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

मन्त्रालय तथा प्रदेश स्तरीय सञ्चार प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित ‘प्रदेश क्रियाशील सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा प्रदेश तथा जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री कार्कीले आगामी दिनमा सञ्चारक्षेत्रमा विकास गर्न सञ्चारकर्मीहरुको सुझावको अपेक्षा राख्दै प्रतिष्ठानको भौत्तिक विकासमा प्रदेश सरकारको ठूलो सहयोग रहने घोषणा गरे । प्रतिष्ठानको उद्देश्य प्राप्तिमा सरकारले पनि समन्वय एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गर्दै मन्त्री कार्कीले महालेखा परीक्षक कार्यालयको लापारवाही एवं ढिलाई कारण प्रतिष्ठानले आफ्नै खाता सञ्चालन गर्न नसकेको बताए ।
उनले गएको पुस ६ गते प्रतिष्ठानले कार्यकारी निर्देशक सहित सञ्चालक समितिको सदस्य पाएपनि खाता सञ्चालन हुन नसकेको कारण आर्थिक क्रियाकलाप गर्न नसक्नु सरकारको संरचना कसरी काम गर्दै छ टिप्पणी गर्दै आगामी आर्थिक वर्षका लागि आउने बजेटमा समेटिने नीति तथा कार्यक्रममा यसक्षेत्रको विकासका लागि आवश्यक सुझाव दिन सबै सञ्चारकमीहरुसँग अपील गर्नुभयो ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष यज्ञप्रसाद शर्माले प्रतिष्ठान स्थापना भएको थोरै समय भएपनि यसले पत्रकारिता क्षेत्रमा रचनात्मक काम गर्ने विश्वास व्यक्त्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष विक्रम लुँइटेल, नवनिर्वाचित अध्यक्ष लिला बल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका नवनिर्वाचित अध्यक्ष संजीव खनालले संगठनले पत्रकारिता क्षेत्रमा उदाहरणीय एवं रचनात्मक काम गर्ने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर