RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिकलाई आवस्यक सामाग्री वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०७७, बुधबार २१:२३
3
Shares
विराटनगर / मोरङको कटहरी गाँउपालिकाका तीन दर्जन बढी जेष्ठ नागरिकहरुलाई आज विविध सामाग्रि वितरण गरिएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकका लागि आवश्यक सामाग्रिहरु वितरण गरिएको हो । विराटनगर न्यूज मिडिया ग्रुप प्रालिको आयोजनामा कटहरी २ स्थित आदर्श पुस्तकालय परिसरमा आयोजित कार्यक्रमका बीच कटहरीका ४० जना जेष्ठ नागरीकहरुलाई सम्मान सहित सामाग्रि तथा नगद वितरण गरिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, कटहरी गाँउपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मंजिता सरदार र आयोजक संस्थाका अध्यक्ष मृत्यूञ्जय झाले जेष्ठ नागरीकहरुलाई सामाग्रि हस्तान्तरण गर्नुभयो । जेष्ठ नागरीकहरुलाई जुत्ता, छाता, टर्च लाईट, झुल र गम्छा सहित नगद ५ सय समेत प्रदान गरिएको थियो ।

गाँउपालिकाको वडानम्बर १,२ र ३ नम्बर वडाका जेष्ठ नागरीकहरुलाई सम्मान सहित सामाग्रि वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर