animated ellipse animated ellipse

विराटनगरबाट भारत लैजादै गरेको अवैध २३ तोला सुनसहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ श्रावण २०७७, आईतवार १२:५१
72
Shares
विराटनगर/भारतसँग सीमा जोडिएको विराटनगरस्थित दरैयाबस्ती हुँदै तस्करी गरि अवैध रुपमा भारतर्फ लैजादै गरेको २३ तोला सुनसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता २ सय ६७ ग्राम (२३ तोला) सुन सहित प्रहरीले सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्ता भरिया रहेको खुलेको छ । दूध पु¥याउन जान लागेको बहाना बनाएर अवैध रुपमा भारतर्फ लैजाने क्रममा २ सय ६७ ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । । सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी पौडेलले लकडाउनको समयमा भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको बताए ।

सशस्त्र प्रहरी बलको बिओपी बखरी पोष्टको दैनिक गस्ती हुने गरेको र सोही क्रममा दस गजा छेउबाट तस्करी गरि सुन भारततर्फ लैजान लागेको अवस्थामा गुप्ता पक्राउ परेका हुन्,’ एसपी पौडेलले भने, ‘दूध पु¥याउने बहनामा सुस्तकरी गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ प्रहरीले बरामद गरेको सुनसहित गुप्तालाई विराटनगर भन्सार कार्यालयमा बुझाउने एसपी पौडेलले बताए ।

प्रहरीले बरामद गरेको सुनको मुल्य २७ लाख ६७ हजार रुपैयाँ हुन आउने बुझिएको छ । प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल र मोबाइल बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर