विराटनगर / प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबावु कार्कीलाई कारोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गराएको परीक्षण रिपोट अनुसार आज डिआइजी कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डिआइजी कार्कीसहितको परिवारले स्वाब परीक्षण गराएका थिए । अन्यको रिपोट नेगेटिभ आएको छ ।
आजै विराटनगरमा डिआइजी कार्कीसहित १७ जनालाई कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । यस अघि प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण विराटनगर र प्रदेश प्रहरी तालिमक केन्द्रमा गरि करिब २ सय जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित प्रहरीलाई प्रदेश प्रहरीले बनाएको आइसोलेनमा राखिएको छ । विराटनगर महानगरपालिकामा आज १७ जनालाई संक्रमण देखिएको छ ।