AArya
RUMPUM
animated ellipse animated ellipse

भोजपुरमा नेपाल औषधि व्यवसायी संघको शाखा गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०८२, आईतवार १९:३५
36
Shares
विराटनगर / नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) ले प्रदेशका पहाडी जिल्लाहरूमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ।

संघले भोजपुरमा पहिलो अधिवेशन सम्पन्न गर्दै नयाँ शाखा कार्यसमिति गठन गरेको छ।

संघका कोशी प्रदेश अध्यक्ष धनराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले बिक्रमचन्द्र ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित समितिको सचिवमा सन्तोष बाबु श्रेष्ठ, कोषाध्यक्षमा मिठु माया चौहान र सदस्यमा प्रदिप प्रधान चयन भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष धनराज काफ्लेले पहाडी तथा दुर्गम जिल्लाहरूमा संगठन विस्तार गर्नु संघको मुख्य उद्देश्य रहेको बताए । ‘पहाडी जिल्लाका विकट क्षेत्रसम्म गुणस्तरीय र सुरक्षित औषधिको पहुँच सुनिश्चित गर्नु हाम्रो दायित्व हो। यसका लागि व्यवसायीहरू संगठित र मर्यादित हुनु जरुरी छ। भोजपुरमा शाखा गठनले यहाँका व्यवसायीहरूका पेशागत हकहितको संरक्षण गर्न र जनस्वास्थ्यप्रति थप जिम्मेवार बनाउन मद्दत पुग्नेछ,’ उनले भने ।

खोटाङ शाखाको कार्यालय उद्घाटन
यसैबीच नेपाल औषधि व्यवसायी संघ, खोटाङ शाखाको नवनिर्मित कार्यालयको पनि उद्घाटन गरिएको छ।

उक्त कार्यालयको उद्घाटन पनि कोशी प्रदेश अध्यक्ष धनराज काफ्लेले गरे । कार्यालय स्थापनासँगै खोटाङका औषधि व्यवसायीहरूलाई संगठित रूपमा आफ्ना गतिविधि सञ्चालन गर्न र पेशागत समस्या समाधानका लागि सहजीकरण हुने संघले विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर