खबर पूर्वाञ्चल
पुनःप्राथमिकीकरण गरी केहीलाई निरन्तरता दिने र केहीलाई स्थगित गर्ने तयारी गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । प्रदेशसभाको छलफलका क्रममा बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री आङ्बोले प्रदेश १ सरकारले प्रदेश सभामा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतासहित पूर्व बजेट माथिको कोभिड १९ का कारण राजश्व, रोजगारी र उत्पादलन आदि धेरै क्षेत्र प्रभावित भएकोले सरकारलाई स्रोतको दवाव परेको बताए ।
मन्त्री आङ्बोले सदनमा जवाफ दिएसँगै प्रदेश १ को पूर्व बजेट छलफल समाप्त भएको छ । छलफलमा दुई दर्जन बढी प्रदेशसभा सदस्यहरुले भाग लिनुभएको थियो । छलफलमा कोरोना रोगको विरुद्धमा केन्द्रीत हुनुपर्ने बजेट वितरणमुखि हुने देखिएको भन्दै प्रदेशसभा सदस्यहरुले जनतालाई राहत दिनेगरी कार्यक्रम बनाउन सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया