RUMPUM
animated ellipse animated ellipse

एसइई परीक्षा खारेज गर्न प्रदेश सांसदहरुको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७७, शुक्रबार २०:१६
3
Shares
विराटनगर / प्रदेश १ का सांसदहरुले एसइई परीक्षा खारेज गर्न माग गरेका छन् ।

विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण अहिले स्थगित भएको एसइई परीक्षा स्थगित गर्न माग गरेका हुन । सामाजिक विकास समितिको आजको बैठकमा सांसदहरुले १२ कक्षासम्म विद्यालय शिक्षा बनाई सकिएकाले एसईई परीक्षा खारेज गर्र्नुपर्ने सांसदहरु केदार कार्की, झलकबहादुर मगर र रामचन्द्र लिम्वुले बताएका छन् ।

बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १२ कक्षासम्म विद्यालय शिक्षा भइसकेको अवस्थामा एसईईको तामझाम गर्न जरुरी नभएको कुरा सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले संघीय सरकारलाई सुझाव दिएको बताए । बैठकमा सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि तयार गरेको प्रस्तावित नीति तथा कार्यक्रमका बारेमा सामाजिक विकास समितिमा जानकारी गराएको छ ।

समितिको बैठकमा मन्त्रालयले चालु आर्थिक वर्षको प्रगतिका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा जानकारी गराईएको हो । बैठकमा सहभागि समितिका सदस्य सांसदहरुले भारत लगायत अन्य मुलुकबाट नेपाल आउन चाहने नेपालीहरुलाई ल्याउनुपर्ने र कोरोना भाइरसको परिक्षणको दायरा बढाउन सुझाव दिएका थिए । समिति सदस्यहरुको जवाफ दिदै मन्त्री घिमिरेले विश्वमै स्वास्थ्य सामाग्री अभाव भइरहेको बेला प्राप्त भएका स्वास्थ्य सामाग्रीको प्रयोग विवेकपुर्ण ढंगले र एकदमै आवश्यक स्थानमा मात्रै प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर