AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७९, शुक्रबार १९:३३
666
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् ।

विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । कोइरालाले महानगरपालिकाको कार्यालयमै बोलाएर निर्माण व्यवसायी र हुलाकी सडक निर्माण कार्यालयका प्रमुखलाई तत्काल कालोपत्रे गर्न निर्देशन दिएका हुन् ।

“निर्माण ढिलाइ हुँदा जनतालाई धेरै नै दुःख भयो,” मेयर कोइरालाले भने, “मलाई अरु थाहा छैन तपाईंहरुले चाँदनीचोक छेउको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक तत्कालै निर्माण गर्नुहोस् ।” उनले निर्माणमा विलम्ब भए आफू कारबाही प्रक्रियामा जाने चेतावनीसमेत दिए । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत गणेशचोकदेखि केशलिया खोलासम्मको सडक निर्माणले गति नलिँदा आवतजावतमा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर