प्रदेश १ मा संक्रमण भन्दा संक्रमणमुक्त, थपिए २१५ कोरोना संक्रमणमुक्त भए २७८ जना

खबर पूर्वाञ्चल, ४ आश्विन २०७८, सोमबार १७:२०

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५–१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५–५, मेचीनगरमा ८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १–१, सुनसरीको इटहरीमा २७, धरानमा ७, बराहक्षेत्रमा २, इनरुवा र रामधुनीमा १–१ जनामा संक्रमण देखिएको छ ।

यता मोरङको विराटनगरमा १७, उर्लाबारीमा ६, सुन्दहरैचामा ३, बेलबारी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५