खबर पूर्वाञ्चल
कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनीहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका निर्देशक प्रदीप भगतले बताए । मेरिल्याण्ड कलेजको वार्षिक क्यालेण्डर अन्तरगत नै अरु अतिरिक्त क्रियाकलाप जस्तै उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् । उनी भन्छन, विद्यार्थीहरुमा धेरै अन्तरनिहित कलाहरु लुकेर बसेका हुन्छन् र त्यो कलालाई बाहिर ल्याउन कलेजले वर्षभरि विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेको ढकाल बताउँछन् ।
प्रतियोगिता अंगे्रजी र नेपाली दुबै माध्ययममा आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालीतर्फ सुवेक्षा विष्ट प्रथम, भावना लखोटिया द्वितिय, प्रज्ञा कटुवाल तृतिय र ज्योती साह र प्रशान्तकुमार यादवले चौथो स्थान प्राप्त गरेका थिए । त्यस्तै अंग्रेजीतर्फ प्रतिभा साह प्रथम, विभुती खनाल द्वितिय, दीया लड्डा तृतिय र गिरिस गोल्छा र सिम्रन पोद्दार चौथो स्थान हाँसिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा नेपालीतर्फको निर्णायक मनिष पोखरेल र अंग्रेजीतर्फको दिपेश भगतले रेका थिए ।