विराटचौकमा सुनपसल लुटपाटको प्रयास गर्ने ६ जना पक्राउ

खबर पूर्वाञ्चल, १३ श्रावण २०७८, बुधबार १८:३७

विराटनगर/ मोरङको सुन्दरहरैचा नगरपालिका – १० त्रिवेणी चौक स्थित ‘शिव पंञ्चायन ज्वेलर्स’ दिनदहाडै लुटपाटको प्रयास गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा सभापोखरी गाउँपालिका – ४ घर भई इटहरी २० तरहरामा डेरी गरि बस्ने ३९ वर्षिय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरी गढी गाउँपालिका १ का ४५ वर्षिय डाईमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बारसिबे गाउँपालिका ६ घर भई हाल इटहरी २० तरहरा बस्ने ३० वर्षिय चिरञ्जिवी राई, मोरङ सुन्दर हरैचना ५ का २२ वर्षिय मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका ३ घर भई हाल इटहरी २० बस्ने ३० वर्षिय नगेन्द्र राई र सुन्दरहैरचा नगरपालिका ७ का ३१ वर्षिय सन्तोष राईलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथदेखि सुनचादी पसल लुटपाटको लागि ल्याएको अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र अटोमेटिकल पेस्तोल बरामद गरेको छ । यस्तै प्रहरीले म्याजिनमा लाग्ने ६२ राउण्ड गोली र ३०३ राइफलको ४ राउण्ड गोली पनि बरामद गरेको छ ।

मास्क लगाएर आएको हतियारधारी समूहले खगेन्द्र थापाले घरमै सञ्चालन गरेको ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेका थिए । पक्राउ परेको समूह त्यही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीले बताए । लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतंकित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५