animated ellipse animated ellipse

आदिवासी जनजाति र थारु आयोगद्वारा बार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापङ समक्ष  हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०८०, शुक्रबार १९:४९
81
Shares
विराटनगर / आदिवासी जनजाति आयोगको चौथो बार्षिक प्रतिवेदन आज कोशी प्रदेशका  प्रदेश प्रमुख परशुराम खापुङलाई वुझाइएको छ ।
प्रदेश प्रमुख खापङलाई  आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम  आयोगको आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन वुझाएका हुन् ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै  सङ्घीयतालाई बलियो आयोगको ठूलो भूमिका रहेको बताए । उनले  हामीले मूलरुपमा  मुलुकमा साम्रपदायिक सद्भाव, धार्मिक सहिष्णुता  कायम राखि राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने विचार व्यक्त्त गरे ।
आयोगका अध्यक्ष थापा मगरले  प्रदेशका आदिवासी जनजाति  समुदायको सार्वभौम अधिकार बार्ता र सम्बादको माध्यमवाट सम्वन्धन गर्न अनुरोध गरे । यसअघि  प्रदेश प्रमुख खापङलाई थारु आयोग नेपालका सदस्य भोलाराम चौधरीले  आयोगको पाँचौ बार्षिक( आर्थिक बर्ष २०७९/८०) प्रतिवेदन  हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर