खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा हरिनगर १ का ३७ बर्षीय अख्तर मियाँ, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनहिरुको साथबाट विना इजाजतको औषधि निमोस २९८० ट्याब्लेट, भिबेल ४९८० क्याप्सुल, जेनेग्रा रेड ८ सय ट्याब्लेट ,नित्राभेट ६० ट्याब्लेट, स्पस्मोप्रोजिभोन ८ ट्याब्लेटलगायतका ठुलो मात्रामा ओषधि बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जना र बरामद गरिएको औषधि आवश्यक कारवाहिको लागी औषधी विभागको कार्यालय विराटनगर पठाईएको सुनसरी प्रहरी जनाएको छ ।